बर्दिबास नगरको वजेट १ अर्व २२ करोड

[sharethis-inline-buttons]

माधव पौडेल
वर्दिबास

वर्दिबासलाई शैक्षिक हव निर्माण गर्ने महत्वकाक्षि योजना सहित महोत्तरीको बर्दिवास नगरपालिकाले १ अर्ब २२ करोड ४० लाख १० हजारको बजेट ल्याएको छ, जसमध्ये २५ करोड आन्तरीक राजश्ववाट उठाउने लक्ष्य लिइएको छ । पन्चधुरा पार्टि प्यालेसमा आज सम्पन्न नगरपालिकाको १६ औं नगर सभाको बजेट उपप्रमुख तारा देवी महतोले सार्वजनिक गरेकी हुन् । मधेस प्रदेश सरकारका अर्थमन्त्री माननीय सुनिल कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाको निति तथा कार्यक्रम नगरसभाले पास गरेको छ ।
बजेटमा शिक्षा, पूर्वाधार, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण र सुशासनमा विशेष जोड दिइएको उल्लेख छ । बजेट वक्तव्यमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा,भूमिहीन व्यवस्थापन तथा आवास सुरक्षा, दिगो र गुणस्तरीय पूर्वाधार निर्माण, व्यावसायिक कृषि तथा पशुपालन, रोजगारी सिर्जना तथा पर्यटन प्रवद्र्धन, लक्षित वर्गको सशक्तीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापन, संस्थागत सशक्तीकरण र उत्तरदायित्वयुक्त सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ ।
नगरप्रमुख प्रह्लाद कुमार क्षेत्रीले प्रस्तुत गरेको नीति कार्यक्रममा पालिकालाइ शैक्षिक हब बनाउनका लागि बिधालयको भवन निर्माण, खेल मैदान, बिधालयमा सिसिटिभि, बिधालयमा सुचना प्रबिधीको बिकास गर्ने, उत्कृष्ट बिधालय, शिक्षक, बिद्यार्थी, कर्मचारी तथा शिक्षा र खेलखुदमा सर्बोत्कृस्ट नतिजा हासिल गर्ने बिद्यार्थीहरुलाई प्रोत्साहित गर्ने, नगरपालिकाले निजि स्रोतबाट न्युनतम दरबन्दी पूरा गरि नगर शिक्षक तथा दरबन्दी मिलान गर्ने, प्रत्येक वडामा न्युनतम एक खेलमैदान निर्माण गर्ने नितिलाई निरन्तरता दिने, पालिकाबासीका लागि घरमै स्वास्थ्य सेवा दिने उद्देश्यले घरदैलो नर्स कार्यक्रम र स्वास्थ्य शिबिर कार्यक्रमलाई निरन्तरता दिने, नगरपालिका भित्रका गरिब बिपन्न र दलित परिवारको लागि निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने, नगरलाई बालमैत्री नगर बनाउने, ज्येस्ठ नागरिक सम्मानका लागि पालिकामा ज्येस्ठ नागरिक संजाल निर्माण गर्ने, पालिका भित्र देखिएको जग्गा वर्गीकरणको समस्यालाई नापी बिभागको सहयोग र समन्वयमा समाधान गर्ने, पालिका भित्रका केही वाडालाई कृषि पकेट क्षेत्र घोषणा गरि पकेट क्षेत्र विशेष कार्यक्रम संचालन गर्ने खाद्यान्नमा आत्मनिर्भर बनाउनका लागि कृषी बाटो, खेतहरुमा विद्युतिकरण गर्ने, किसानहरुलाई मल खाद तथा विउ विजन सहज उपल्बध गराउँने, पालिकालाई लागुऔषध मुक्त बनाउँन जनचेतनामुलक कार्यक्रमलाई निरन्तरता दिने लगायतका योजनाहरु ल्याएको छ ।
वडास्तरीय योजना अनुसारको कुल वजेट यसरी विनियोजन गरीएको छ ।

वडा नम्वर                 विनियोजित वजेट
१                                 ९५ लाख
२                                ७५ लाख ४० हजार
३                               ९३ लाख
४                               ८० लाख ४० हजार
५                         ८४ लाख ४५ हजार
६                          ८० लाख ४० हजार
७                        ७५ लाख ४० हजार
८                       ८१ लाख
९                       ८० लाख ४० हजार
१०                    ८० लाख ४० हजार
११                    ८० लाख ४० हजार
१२                  ८० लाख ४० हजार
१३                  ८० लाख ४० हजार
१४                   ८० लाख ४० हजार

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...