आज्ञा खवर
वर्दिबास
वर्दिवासमा अवस्थीत शुभ स्वस्तीक अस्पतालले आज एक कार्यक्रमको विच १५ औं वार्षिक उत्सव तथा शुभ स्वस्तिक ईन्स्टीच्युट प्रा.लि.का विद्यार्थि स्वागत कार्यक्रमको आयोजना गरीएको थियो । वर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सभाध्यक्षता भने अस्पतालका निर्देशक दिपक कार्किले गरेका थिए ।
विगत १५ वर्षदेखि वर्दिवास तथा आसपासका विरामिहरुको स्वास्थ्य उपचार गरेर राम्रो ख्याति कमाएको अस्पतालले शुलभ स्वास्थ्य सेवाका साथै टेक्नीकल शिक्षा पनि प्रदान गर्दै आईरहेको छ । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मेयर क्षेत्रीले शुभस्वस्तीक अस्पतालको कारणले गर्दा वर्दिवासका सवै किसिमका विरामिले सेवा पाईरहेको र आवश्यक परेको वेलामा वर्दिवास अस्पतालसंग पनि समन्वय गर्दै स्वास्थ्य विमा कार्यक्रम मार्फत कार्यक्रमहरु संचालन गरेको कुरा वताए । निजि तथा सरकारी सवै अस्पतालहरुले नागरीककै सेवा गर्नुपर्ने भएकाले स्वास्थ्यमा नाफा मात्र हेर्न नमिल्ने वताए । मान्छेको जिवन वचाउन सकिएको खण्डमा त्यो भन्दा ठुलो मूल्य कुनै नहुने हुँदा सवैलाई एउटै डालोमा हाल्न नमिल्ने वताए । सरकारको निति निर्देशन अनुसार दिनुपर्ने सहुलिएत प्रदान गरेको छ कि छैन त्यो हेर्ने दायित्व नगरपालिकाको भएको र त्यसमा शुभ स्वस्तिक आज सम्म उत्कृष्ट नै रहेको र आगामि दिनमा पनि उत्कृष्ट नै रहनेछ भन्ने विश्वास आफुले लिएको वताए ।

अस्पतालका निर्देशक तथा संचालक दिपक कार्किले मेरो आफ्नो घर पनि यहि भएको हुँदा अस्पतालका सेवाग्राहि पनि मेरा आफ्नै दाजुभाई दिदिवहिनिहरु हुने हुँदा हामिले कहिल्यै मुनाफालाई मात्र नहेरेको वताए । मुनाफालाई मात्र केन्द्रविन्दु मानेर संचालन भएका निजि अस्पतालको हालत हामि सवैको आँखा अगाडि प्रष्ट भएको हुँदा सानोतिनो योगदानले मात्र अस्पतालले निरन्तर १५ वर्ष पार नगरेको वताए । सेवा दिने क्रममा भएका सानातिना कमि कमजोरीलाई सुधार्दै प्रदेशकै उत्कृष्ट सेवा दिने अस्पतालको रुपमा आफुलाई उभ्याउन पाउँदा खुसि लागेको वताए । यस वर्षवाट अस्पतालले नर्सिङ कार्यक्रम पनि संचालन गरेको हुँदा यहाँका वासिन्दाले सहज र सुलभ टेक्नीकल शिक्षा पाउनेछन् ।
होटल पर्यटन संघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतमले अस्पतालको सेवावाट यस क्षेत्रमा पुगेको योगदानको चर्चा गर्दै यसवाट पर्यटन व्यवसायमा पनि आशाको किरण देखिएको वताए । हामिले सेवा दिने देशि विदेशि पाहुनाहरुलाई स्वास्थ्य समस्या परेको वेला तुरुन्त अत्याधुनिक सेवा सहितको स्वास्थ्य सुविधा पाउने ठाउँ यो अस्पतालले दिएपछि उनिहरु निश्चीन्त भएर यस क्षेत्रको भ्रमण गर्ने र यस ठाउँलाई वासको लागि पनि प्रयोग गर्ने गरेको वताए । प्रदेशमा मात्र नभै देशकै नमुना अस्पताल वनोस भन्ने शुभकामना पनि गौतमले दिएका छन् ।
फोटो साभार ः विजि मिडिया
