निर्वाचित जनप्रतिनिधिहरुलाई वन सम्वन्धि अभिमुखिकरण

[sharethis-inline-buttons]

माधव पौडेल

समृद्धीका लागि वन परियोजना मधेशप्रदेश अन्तर्गत यस आ. व. ०८१÷०८२ को नियमित कार्यक्रम अन्तर्गत महोत्तरी जिल्लाका वार्दिबास नगरपालिकाका निर्वाचित जन प्रतिनिधिहरुको लागि क्षमता विकास अन्तर्गत वन उद्धम विकास नीति नियम तथा वातावरणीय सम्वन्धी एक (१) दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरीएको थियो ।

निर्वाचित जन प्रतिनिधिहरुको लागि क्षमता विकास अन्तर्गत वन उद्धम विकास नीति नियम तथा वातावरणीय सम्वन्धी क्षमता अभिवृद्धि गर्नु यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको थियो ।

कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरु, पालिका प्रमुख, उप–प्रमुख, प्रमुख प्र. अ., वडा अध्क्षयहरु, वडा सदस्यहरु, कार्यपालिका सदस्यहरु को सहभागिता रहेको थियो ।
कार्यक्रमका लागि श्रोत व्यक्तिः समृद्धीका लागि वन परियोजना प्रदेश परियोजना व्यबस्थापन अधिकृत वेचन कुमार चौधरी तथा सामाजिक सुरक्षा तथा लैंगिक विज्ञ भगवति खाँड, वातावरणिय सुरक्षा विज्ञ अजित श्रीवास्तवले सहजिकरण गरेका थिए ।
सहजकर्ताहरुले कार्यक्रमको वारेमा जानकारी दिदै यसको उपादयताको वारेमा प्रकाश पारेका थिए । नेपालको दिगो वन व्यवस्थापनलाई सुधार, वनमा आधारित निजी क्षेत्रको सुदृढ विकास गर्दै वन क्षेत्रको रूपान्तरणमा योगदान पु¥याउनका साथै समावेशी आर्थिक लाभ, पारिस्थितिक प्रणाली र अधिक जलवायु उत्थानशीलतासहित मधेस प्रदेशका लक्षित पालिकाहरूका वन–आश्रित व्यक्ति तथा समुदायहरूका लागि विविध लाभहरूमा परिणत हुनेछन् । साथै यसले वनको समावेशी तथा दिगो प्रयोगलाई बढावा दिनेछ ।

‘सङ्कटको समयमा वनजङ्गल भनेका स्थानीय समूहहरूका लागि परम्परागत सुरक्षाका जाल हुन् । यस आयोजनाले नेपालको वनमा आधारित निजी क्षेत्रलाई रोजगारीमा लगानी गर्न र काठको आयातमा निर्भरता कम गर्न सहयोग पु¥याउनेछ । आयोजनाबाट नगरपालिकालाई सहयोग पुग्ने र समावेशी जलवायु कार्य तथा नेपालको तुलनात्मक लाभमा आधारित हरित आर्थिक वृद्धिका लागि सुरूवातको बिन्दु हुने बताए ।

नेपाल सरकार तथा विश्व वैङ्कको संयुक्त प्रयासबाट नेपालको लुम्बिनी प्रदेश तथा मधेश प्रदेशमा दिगो वन व्यवस्थापन तथा साना तथा वन उद्यमहरुलाई प्रवर्धन तथा सहयोग परिचालनको लागि यो परियोजना वन लगानी कार्यक्रम अन्तरगत तर्जुमा भएको हो । यस परियोजना विश्व वैङ्कको ऋण तथा अनुदानमा नेपाल सरकार तथा विश्व वैङ्कबीच मिति सन २०२१ मार्च १९ मा सम्झौता भै वन तथा वातावरण मन्त्रालय, कृषि विकास वैङ्क र विश्व वैङ्कले संयुक्त रुपमा कार्यान्वयन गर्ने परियोजना हो ।

यो परियोजना प्रदेशस्तरमा मधेश तथा लुम्बिनी प्रदेशमा लागु भएको छ । यस परियोजनाको केन्द्रमा परियोजना ब्यबस्थापन इकाई रहेको छ भने प्रदेशस्तरमा प्रदेश मन्त्रालय अन्तर्गत परियोजना ब्यबस्थापन इकाई रहेका छन् । यसै गरी दुवै प्रदेशका गरी ५० वटा पालिकाहरुको वातावरण तथा विपद् व्यवस्थापनको लागि कार्य गर्ने शाखाले परियोजना समन्वय तथा कार्यान्वयनको कार्य गर्ने जिम्मेवारी रहेको छ । यसै गरी कृषि विकास वैङ्कले ऋण परिचालन गर्ने इकाइको रुपमा कार्य गर्छ ।

कार्यक्रम निर्दिष्ट निर्वाचित जनप्रतिनिधिहरुका लागि क्षमता विकास अन्तर्गत वन उद्धम विकास नीति नियम तथा वातावरणीय सम्वन्धी ढांचाको अनुशिक्षणमा आधारित रहेकोले कार्यक्रमका शत्रहरु लाई वढी अन्तरक्रियामा केन्द्रित रही सोही ढांचा लाई कसरी सरलीकृत रुपमा दिगो वन व्यवस्थापन गर्न सकिन्छ भन्ने पक्षलाई जोड दिई निम्नानुसारका प्रमुख विधिहरुका आधारमा कार्यक्रम सहजीकरण गरिएको थियो ।
वर्दिवास नगरपालिका अन्गर्तग परीयोजनाका अधिकृत निर्मल पौडेलका अनुसार “परीयोजना अन्तर्गत वर्दिबास नगरपालिकाले वातावरण र आयआर्जनको लानि संगसंगै गतिविधिहरु गरेको छ, निजि तथा सार्वजनिक जग्गामा वन विकास गर्ने, कृषि वनको विकास, दलित तथा जनजाति र महिला लक्षित विभिन्न आयमुलक कार्यक्रमहरु परीयोजनाले संचालन गर्दै आईरहेको उनले वताए ।”

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...