लागुऔषधसहित उदयपुरबाट एकजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
उदयपुर
प्रहरीले उदयपुरबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ गाईघाट जलजलाका २३ वर्षीय सबिन राई रहेका छन।

मङ्गलवार सिरहाको लाहानबाट गाईघाटतर्फ आउँदै गरेको मोटरसाईकलमा सवार राईको शरीर चेकजाँच गर्दा ४ प्रकारको लागुऔषधसहित पक्राउ गरेको
जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

उनको साथबाट ब्रुपिनोर्फिन ९ एम्पुल, फेनार्गन ६, डाईजेपाम ९ गरी २४ एम्पुल र नाईट्राभेट नाम गरेको प्रतिबन्धित लागुऔषध २२ ट्याब्लेटसमेत र उनि चढेको मोटरसाईकल समेत बरामद गरेको बताईएको छ।

राईलाई मोटरसाईकलसहित हिरासतमा राखेर अदालतबाट म्याद थपगरी अनुसन्धान सुरु भगरीएका जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राजन चापागाईले बताए।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...