आज्ञा खबर
सिन्धुली
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले तथ्य तथ्यांकमा आधारित जवाफदेहि र जिम्मेवार पत्रकारिता गर्न सुझाव दिएका छन् । बिहीबारदेखि चितवनको सौराहामा सुरु भएको पटकथा लेखन कार्याशाला तथा कथ्यांकमा आधारित पत्रकारिता तालिमको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले ‘फास्टफूड पत्रकारिताको सट्टा डेटाबेस’ पत्रकारिता गर्न सुझाएका हुन् ।
“नेताहरु उडन्ते भाषण गर्छन्, पत्रकार त्यसलाई निबन्ध बनाउने प्रवृत्ति बढेको छ, तथ्य तथ्यांक आधारमा जवादेही र जिम्मेवार पत्रकारीता गर्नुपर्छ ; मन्त्रीे श्रेष्ठले भने । नेपाली सिनेमा क्षेत्रमा दर्शकलाई जबर्जस्ति सिनेमा हेर भन्ने जस्तो अवस्था रहेको बताउँदैे दर्शकको चाहना सिनेमामा आउनुपर्नेमा जोड दिए ।
बागमती प्रदेशले नेपाली भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा अघि सारेको बताउँदै मातृभाषालाई प्राथमिकता दिन समेत उनले आग्रह गरे । कार्यक्रमका अध्यक्ष, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले प्रविधिको विकाससँगै आफूलाई रुपान्त्तरण गर्न कार्यालयले तालिम आयोजना गरेको बताए । नक्कलमा भन्दा मौतिकतामा जोड दिन सापकोटाले आग्रह गरे । मोबाइल, अनलाइन, डेटाबेस पत्रकारितामा कार्यालयले जोड दिएको जानकारी दिँदै ‘ब्रेनमा गरेको लगानी खेर नजाने’ उनले जनाए । उनले उत्कृष्ट हुने पटकथालाई प्रोत्साहन स्वरुप एकलाख सिड मनी दिइने उल्लेख गरे।





































