धम्काएर चन्दा असुल्दै हिँड्ने २ जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाही प्रहरीले व्यापारीलाई धम्काउँदै जबर्जस्ती चन्दा उठाउँदै हिँडेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका– ७ घर भएका ४५ वर्षीय चेतनाथ अधिकारी र रौतहटको चन्द्रपुर नगरपालिका– १ घर भएका ५० वर्षीय राजु हाडा रहेका छन्।
पूर्वपश्चिम राजमार्ग अन्र्गत हरिवन नगरपालिका–११ को बजार क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिल गिरीले जानकारी दिए।

उनीहरुको साथबाट महासचिव महावीर, नेकपा (माओवादी) लेखिएको चन्दा रसिदको चारवटा प्याड बरामद गरिएको गिरीले जानकारी दिए।
पक्राउ परेका दुबैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाईएको उनले बताए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...