जाजरकोट भूकम्पमा परेर सयौंको मृत्यु

[sharethis-inline-buttons]

आज्ञा खबर
जाजरकोट
जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्प गएको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति चार पटक ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्पका कारण रूकुम पश्चिम र जाजरकोटका सयौको मृत्यु र घाइते भएका छन।
घाइतेहको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू खटिएका छन।’’

भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोलीसहित जाजरकोट जान लागेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहानैदेखि घाइतेको खोज र उपचारका लागि सुर्खेतबाट तीन वटा हेलिकप्टर परिचालन भएका छन् ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ठूलो भूकम्पपछि लगातार परकम्प गएका छन् । मध्यरातमा ठुलो भूकम्प गएकाले ठूलो क्षति भएको अनुमान गरिएको छ । प्रधानमन्त्री कार्यालयले सयौंको मृत्यु भएको उल्लेख गरे पनि एकिन विवरण आइसकेको छैन ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...