लाखौ मूल्य बराबरको अवैध मालसामान बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
धनुषा जिल्लाको मिथिला नगरपालिका–९, बडहरीबाट सोमबार साँझ १७ लाख ३० हजार रुपियाँ मूल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोली र राजस्व भन्सार कार्यालय जनकपुरको टोलीले १४ लाख ८० हजार रुपियाँ मूल्य बराबरको दुई हजार नौ सय ६० थान मोबाइलको डिस्प्ले र दुइ लाख ५० हजार रुपियाँ मूल्य बराबरको तीन सय ३३ थान कुर्ता सुरुवाल बरामद गरिएको सशस्त्र प्रहरी कार्यालय निनमस्ता बाहिनी बर्दिवासले जनाएको छ ।

बरामद गरिएका सो मालसामान आवश्यक कारवाहीका लागि राजस्व भन्सार कार्यालय जनकपुरमा बुझाइएको बताईएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...