जनकपुरमा ११ हजार स्क्वायर फिटको राम जानकीको मूर्ति बनाउने तयारी

आज्ञा खबर
जनकपुरधाम
जनकपुरधामको रंगभुमी मैदान (बारहविघा)मा तीन कट्ठा क्षेत्रफल भित्र ११ हजार स्क्वायर फिटको राम जानकी प्रतिमा निर्माणको तयारी शुरु भएको छ।

जनकपुरधामका मेयर मनोज साहले राम जानकीको प्रतिमा बनाउने विषयमा विभिन्न निकायका अधिकारीसँग छलफल गरेका छन् । छलफलपछि उनले अनाजबाट राम जानकीको प्रतिमा बनाउने निष्कर्षमा पुगेको बताए ।

यसअघि भारतको अयोध्या स्थित (भगवान रामको जन्मभूमि)मा ९ हजार स्वाइयर फिटको प्रतिमा बनाइएको थियो । सो प्रतिमाले विश्व रेकर्ड कायम गर्याे । तर जनकपुरमा ११ हजार स्वाइयर फिटको प्रतिमा बनेपछि नयाँ बिश्व रेकर्ड बन्ने मेयर साहले बताए ।

प्रतिमा भारतको मध्य प्रदेशका सतिश गुर्जरले निर्माण गर्न । उनको टिम जनकपुरधाम आइपुगेको छ ।

यसवर्ष विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण राम जानकीको प्रतिमा हुनेछ ।
अगामी पुस १ गते यस बर्षको विवाह पञ्चमी परेको छ । जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी मनाइने गरिन्छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...