निकेश खनाल,
बर्दिवास : मिटर ब्याज भन्दा चर्को ब्याज असुली गरेको भन्दै बर्दिवास ३ गौरिडा“डा निवासी आशा तोलाङ्गे विरुद्ध जिल्ला प्रशाासन कार्यालय महोत्तरीमा आईतवार थप २ उजुरी परेको छ ।

चर्काे ब्याज असुली गर्दै पत्रकारीताको आढमा धाक धम्की दिने आमोश मिडिया प्रा ली.तथा प्रभात संदेश दैनिक पत्रिका बर्दिवासका सञ्चालक मनोज कुमार थापा र उनकी श्रीमती नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी कार्य समिती सदस्य आशा तोलाङ्गे विरुद्ध आफ्नो सम्पती फिर्ता र न्याय पाउनुपर्ने माग गर्दै महोत्तरीको बर्दिवास ३ निवासी उनकै आफन्त शान्ति तोलाङ्गे र मनमाया तोलाङ्गेले प्रशासनमा उजुरी दिएका हुन ।
मिटर ब्याजको आरोप खेपिरहेका आसा तोलाङ्गे र उनका श्रीमान मनोज कुमार थापाले विपन्न र ज्यामी काम गरेर जिबन निर्वाह गर्दे आएका आफ्नै आफन्त र छिमेकीलाई मिटरब्याजको धन्दा गरि उठिबास लगाउन खोजेकाले उनीहरु बिरुद्ध उजुरी दिन सहयोग गरेको
बर्दिवास ३ घर भएका नर बहादुर खनालले बताए ।
मनोज दम्पतीबाट पिडित उनकै छिमेकी शान्ति तोलाङ्गे र मनमाया तोलाङ्गे भन्दा पहिले उजुरी दिएका चार जना पिडित सरह उनिहरुसंग पनि चर्काे मिटर ब्याजमा ऋण असुली गरेको र पत्रकार हुँ भनी धाक धम्की दिने गरेको भन्दै पिडितले उजुरी दर्ता गराएको खनालले बताए ।
पिडित मध्येकी शान्ति तोलाङ्गेले मनोज दम्पतीसंग घर खर्च चलाउन २० हजार ऋण लिएकी थिईन सो ऋण मध्ये बिपक्षी आसा तोलाङ्गेलाई प्रतेक हप्तामा पटक,पटकगरी दुई हजारका दरले १८ महिना सम्म सो रकमको सावाँ ब्याज तिर्दा समेत थप रकम असुली गर्न आसा तोलाङ्गेले डर त्रास देखाउने धाक धम्की दिने र देह ब्यपार गरेर भएपनी रकम तिर्नु पर्छ भन्ने शब्द प्रयोग गरेपछी पिडित न्यायकालागी उजुरी दिन जिल्ला प्रशासन पुगेको उनको दुखेसो छ।

त्यसैगरी मनोज दम्पतीको चर्काे मिटर ब्याजका अर्काे पिडित हुँन मनमाया तोलाङ्गे मनमाया बिरामीपर्दा उपचारकोलागी आसासंग २ लाख ६० हजार ऋण लिएकी थिईन सोही ऋणको सावाँ र ब्याज गरी पटक,पटक गरेर प्रतेक १० दिनको २६ हजारका दरले ५ लाख ६० हजार तिरीसक्दा समेत आसाले यो रकम त ब्याज मात्रै हो सावाँ ब्याज त अझै बाँकीनै छ भनी रकम असुली गर्न खोजेपछी पिडितले रकम तिर्न सक्दिन भन्दा पिडितको श्रीमान तिर्थ बहादुर तोलाङ्गेलाई डर त्रास देखाई जबरजस्ती नेपाली कागजमा सहि छाप गराएर कागज आसाले आफैसंग लगेकाले मनमायाले न्यायकोलागी प्रशासनमा उजुरी दिएको बर्दिवास ३ की स्थानिय समाजसेबी तथा महिला नेत्री उर्मिला कार्कीले जानकारी दिईन।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा तोलाङ्गे दम्पती विरुद्ध पहिले ४ वटा र आज २ वटा उजुरी परेको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता उपेन्द्र न्यौपानेले जानकारी दिए ।
तोलाङ्गे दम्पतीको बिषयमा पिडक र पिडित दुबै पक्षलाई राखी छलफल गरी निष्कर्शमा पुग्ने न्यौपानेले बताए ।
यस्तै मिटर ब्याजको आरोप खेपिरहेका मनोज दम्पतीले पिडितको कुरा अस्विकार गर्दे त्यसमा कुनै सत्यता नरहेको दाबी गर्दै आएका छन ।
