आज निर्जला एकादशी पर्व मनाईदै

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी

प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखेर मनाईने निर्जला एकादशी पर्व आज मनाईदै छ।
यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ।
आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। तुलसीलाई हुर्काई बढाई दामोदरसँग विवाह गरिने हुनाले यो चार महिनालाई चतुर्मास पनि भनिन्छ। चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। वैदिक सनातन धर्मावलम्बीले आजको दिनलाई
निर्जला एकादशी भनिने भएकाले आजको दिन पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद्हरुको भनाई रहेको छ।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने शास्त्रमा उल्लेख छ ।
आयुर्वेदिक रूपमा पनि तुलसी लाभकारी औषधि मानिने हुँनाले विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ। तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...