भंगहाका कार्यपालिका सदस्य मण्डलको पद खारेज

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
महोत्तरीको भंगहा नगरपालिका एक कार्यपालिका सदस्य पदमुक्त भएका छन।
कार्यपालिका सदस्य विजय मण्डलको पद उच्च अदालतले बदर गरेको फैसला गरेपछी । उनी पदमुक्त भएका हुँन।
उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रामेश्वर रेग्मीको संयुक्त इजलासले मण्डलको कार्यपालिका सदस्य बदरको फैसला सुनाएको हो ।

कँग्रेसबाट मेयर पदमा पराजित भएपछि मण्डल कार्यपालिका सदस्यका लागि अल्पसंख्यक सूचिबाट निर्वाचित भएका थिए । अल्पसंख्यक अन्तर्गत धानुक (मण्डल) जात नपरेपनि निर्वाचन अधिकृतको कार्यालयले मण्डलको उम्मेदवारी दर्ता गरेको थियो ।

उनले जिल्ला निर्वाचन कार्यालय महोत्तरी, निर्वाचन अधिकृतको कार्यालय भंगहा समेतलाई विपक्षी बनाइ उच्च अदालत जनकपुरमा रिट हालेका थिए ।

रिट उपर सुनुवाई गर्दै अदालतले मण्डलको पद खारेजीसंगै निर्वाचन प्रक्रिया मार्फत पदपुर्ति गर्न आदेश दिएको उच्च अदालतका शाखा अधिकृत कुवेर ढुंगेलले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...