सर्लाही : टाउको छिनाएको अवस्थामा युवकको शव फेला

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीमा टाउको छिनाएको अवस्थामा बुधबार साँझ ५ बजेतिर एक भारतीय युवकको शव फेला परेको छ ।

जिल्लाको हरिपूर्वा नगरपालिका वडा नं. १ हरिपूर्वा र सङ्ग्रामपुर बीचमा पर्ने पथरा पुलस्थित (भिस) घारीमा भारतको सीतामढाी सोनवर्षा ९ बस्ने २८ वर्षीय सेखर सुमन उर्फको टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको हो ।
शवको प्रकृती हेर्दा शरीर र टाउको बेग्लाबेग्लै पारिएको अवस्थामा रहेको छ।
घटनास्थलको आवश्यक अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले मृतकको शव रातभर घटनास्थलमै राख्यो । सर्लाही प्रहरीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले बिहीबार बिहानैबाट घटनास्थलको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

मृतकको शव घटनास्थलको प्रकृति मुचुल्का गरी सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल लैजाने प्रहरीले जनाएको छ । भारतीय युवकको विभत्स ढङ्गले हत्या भएपछि स्थानीय त्रसित भएका छन् ।

घटनास्थलमा कुनै हतियार फेला परेको छैन् । यस घटनामा संलग्न कोही व्यक्तिको समेत पहिचान भएको छैन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...