महोत्तरी क्षेत्र नम्बर १ का संसद लक्ष्मी महतो कोइरी निलम्बित

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
नेकपा (एमाले)का सांसद् लक्ष्मी महतो कोइरी मंगलबार निलम्बनमा परेका छन।
महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कोइरीलाई सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुँन।

प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को व्यवस्था बमोजिम कोइरी निलम्बनमा परेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सात वर्षअघि मधेश आन्दोलनको क्रममा महोत्तरीमा नेपाल प्रहरीका सई थमन विश्वकर्माको हत्या आरोपमा कोइरीलाई जनकपुर उच्च अदालतले पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको थियो। अदालतको म्याद गुजारेर कोइरी फरार छन्।

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...