स्रोत नखुलेको १४ लाख रुपियाँसहित दुई पक्राउ

ढल्केवर: स्रोत नखुलेका १४ लाख नेपाली रुपियाँसहित धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् । जिल्लाको धनुषा धाम नगरपालिका–२, का ५५ वर्षीय जोगिन्द्र यादव र सोही ठाउँका १९ वर्षीय कृष्ण साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी निरीक्षक वेदप्रसाद गौतमले बताएका छन ।

जिल्लाको जनकनन्दी गाउँपालिका–५, बनरझुल्लास्थित सडक सडक खण्डबाट दुवै जनालाई बिहीबार साँझ नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय खजुरी र प्रहरी चौकी बल्हागोठबाट खटिएका संयुक्त प्रहरी टोलीले सवारी जाँचका क्रममा जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको प्रदेश २–०२–००३ प ७०४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा यादवको साथबाट १० लाख र सोही मोटरसाइकलमा पछाडि बसेका साहको साथबाट चार लाख नेपाली रुपियाँ बरामद भएको उहाँले जानकारी दिए।

दुई जनामाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...