घुस लिएको भिडियो भेटिएपछि वन अधिकृत यादव निलम्बित

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
सेवाग्राहीबाट घुस लिइरहेको भिडियो प्रमाण फेला परेपछि डिविजन वन कार्यालय पर्साका सहायक वन अधिकृत राम प्रसाद यादव निलम्बनमा परेका छन् । उद्योग पर्यटन तथा वन मन्त्रालयले अधिकृत यादवलाई अनुसन्धानका लागि भन्दै निलम्बन गरेको हो ।

बन मुद्दामा हिरासतमा रहेको अभियुक्तका मानिससंग आर्थिक लेनदेन गरेको भनी विद्युतीय माध्यमबाट बुझिन आएकाले उनलाई ६० दिनका लागि निलम्बन गरिएको मन्त्रालयकी प्रवक्ता अन्जना कायस्थले जानकारी दिइन् ।
सहायक अधिकृत ७ औँ तहयादव प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा ८७ ९२० बमोजिमको कसुर गरेको भन्दै सो विषयको छानविन तथा जाँचबुझ कार्यमा झुठा सबुत, प्रमाण संकलन गर्न सक्ने वा आफ्नो विरुद्धको सबूत प्रमाण गायब गर्न सक्ने सम्भावना रहेकाले उनलाई निलम्बन गरिएको मन्त्रालयले जनाएको छ ।

बाराको परवानीपुर गाउँपालिका वडा नम्बर १ स्थित मुसहरी बस्ने जय नरायण साह विरुद्ध अवैध रुपमा वन पैदावार ओसार पसार मुद्दामा गत फागनु १६ गतेदेखि अधिकृत यादवले अनुसन्धान गरिरहेका थिए । गत चैत ६ गने अभियुक्त साह पक्राउ परे । ‘जय नरायणले टयाक्टर अरुलाई भाडामा दिएका थिए । भाडामा लिने व्यक्तिले उनको गाडीबाट काठ ओसार पसार गरिरहेका थिए । त्यसैक्रममा सवारीधनी पक्राउ परेछन् । उनीसँग मुद्दा मिलाइदिने, पैसा नदिए जेल पठाइदिने भनेर धाकधम्की दिँदै अधिकृत यादवले झण्डै ४ लाख पैसा लिइसकेको विभिन्न अडियो प्रमाण आयो, मन्त्रालयका एक अधिकारीले भने, ‘प्रतिवादीले पैसा दिँदादिँदै तन्ग्रिएपछि ४० हजार रुपैँया घुस दिएको भिडियो नै बनार हामीलाई उपलब्ध गरायो ।’ ती अधिकारीका अनुसार प्रमाण फेलापरेपछि राज्यमन्त्री रहबर अन्सारीको निर्देशनमा यादबलाई कारबाही प्रक्रिया अघि बढाइएको हो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...