मिटर ब्याजविरुद्ध आन्दोलन गर्न बर्दिवास बाट हिँडेर काठमाडौँ जाँदै पीडितहरू

आज्ञा खबर
बर्दिवास

चैत २ गते बर्दिबासबाट सुरु भएको मिटर ब्याजका आन्दोलनको यात्रा चैत १६–१७ गतेसम्म हिडेर काठमाडौँ पुग्न गईरहेका छन। तमसुक व्यवस्था खारेज गर’ भन्ने नाराका साथ बर्दिबासदेखि हेटौँडा हुँदै काठमाडौँसम्म मिटर ब्याजविरुद्ध पीडितहरू हिँडेर गई।हेका हुँन।
बर्दिवासमा ७० जनाबाट सुरु भएको यो आन्दोलनको यात्रामा पीडितहरू बाटोबाटै थपिँदै गइरहेका छन् । काठमाडौँसम्म पुग्दा आन्दोलनकारीको संख्या दुई तीन सय पुग्ने मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालका मनोजकुमार पासवानले बताए ।
७० जनामध्ये ४७ जना महिला छन् । त्यसमा धनुषाकी कल्पना माझीले चार महिनाको बच्चा काखमा लिएर हिँडिरहेकी छिन् ।

स्थानीय साहु महाजनबाट पीडितहरूले जिल्ला तथा स्थानीय स्तरमा आन्दोलन गर्दा समेत कुनै सुनुवाइ नभएपछि कठोर आन्दोलन सुरु गरिएको पासवानको भनाई छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...