आज्ञा खबर
गौर
रौतहट प्रहरीले आइतबार १० बोरा भारतीय युरिया मल नियन्त्रणमा लिएको छ। भारतीय नम्बर प्लेटको दुईवटा मोटरसाइकलमा १० वटा भारतीय युरिया मल लोड गरेर गरुडाबाट समनपुरतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले रोकेर सोधपुछ गर्न खोज्दा मोटरसाइकल चालाकहरू मलसहित मोटरसाइकल छोडेर फरार भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।
नियन्त्रणमा लिएको मल र मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गौर पठाइएको प्रहरीले जनाएको छ।





































