सिन्धुलीमा बस दुर्घटना ६ जनाको मृत्यु, २८ घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। २८ जना घाइते भएका छन्।

मध्यपहाडी राजमार्ग अन्तर्गत ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना भएको हो।
सो दुर्घटनामा मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। बाँकीको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ। बसमा ३४ जना यात्रु रहेको जनाइएको छ।

बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको अनुमान प्रहरीको रहेको छ। बस चालक फरार रहेको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...