स्रोत नखुलेको ७ लाख ६३ हजारसहित भारतीय महिला पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
सप्तरी प्रहरीले स्रोत नखुलेको नेपाली तथा भारतीय रुपैयाँसहिते शनिबार एक भारतीय महिलालाई पक्राउ गरेको छ । तिलाठी जिल्लाको कोईलाडी गाउँपालिका–१ स्थित भन्सार कार्यालयको मूलद्धार अगाडिबाट भारत बिहारको कुनौली ग्रामपंचायत कमलपुर घर बताउने अस्मिताकुमारी साहलाई नेपाली र भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको बताईएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा भन्सार कर्मचारीको संयुक्त जाँच टोलीले भारतबाट नेपाल प्रबेश गरेकी साहको साथबाट स्रोत नखुलेको ६ लाख ८३ हजार ३ सय रुपैयाँ र ५० हजार भारतीय (८० हजार नेपाली) रुपैयाँ गरी कुल ७ लाख ६३ हजार ३ सय रुपैयाँसहित नियन्त्रणमा लिएको हो । बरामद रकमसहित साहलाई कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी पठाइएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...