आज्ञा खबर
बर्दिवास
महोत्तरीको बर्दिबासस्थित समाज बचत तथा ऋण सहकारी संस्थाले २०औ साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा संस्थाका सचिव उमेश न्योपानेले विभिन्न ८ किसिमका १ हजार २८८ जनामा संस्थाकोे कुल ऋण लगानी २४ करोड ७९ लाख ३३ हजार २० रुपैया रहेको बताए । उनले अघिल्लो आर्थिक वर्षको तुलनामा १०.३५ प्रतिशतले वृद्धि गरी आर्थिक वर्ष २०७८÷०७९ मा ३ करोड ५४ लाख १७ हजार ५३८ रुपैया कुल आम्दानी गरी प्रत्यक्ष तथा अप्रत्यक्ष खर्च ३ करोड २९ लाख ६९ हजार १०८ रुपैया गरी जोखिम कोष व्यवस्थापन गर्नुपूर्व खुद नाफा २४ लाख ४८ हजार ४३० रुपैया भएको जानकारी दिए ।
त्यसैगरी संस्थाले एकवर्षमा साढे ३ करोड भन्दा बढी आम्दानी गरेको छ । आर्थिक वर्ष २०७८÷०७९ मा संस्थाले ३ करोड ५४ लाख १७ हजार ५३८ रुपैया आम्दानी गरेको वार्षिक प्रतिवेदन सार्वजानिक गरेको हो ।
आर्थिक वर्ष २०७८÷०७९ मा संस्थाको सेयर पूँजी १ करोड ६६ लाख ९७ हजार १ सय रुपैया रहेको सचिव न्यौपानेले उल्लेख गरे । सदस्यहरुको माग र क्षमताको आधारमा सेयर पुँजी वृद्धि गरिएको उनले बताए ।
सचिव न्यौपानेले आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट सेयर सदस्यहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरिएको सुनाए । ‘कर्मचारी बोनस कोषबाट एक महिनाको तलब बराबरको रकम कर्मचारीलाई वितरण गरिएको छ,’ उनले भने ।
संस्थाका अध्यक्ष गिता अधिकारीको अध्यक्षतामा सम्पन्न बार्षिक साधारसभामा कोषाध्यक्ष गिता भण्डारीले आर्थिक प्रतिवेदन पेश गरेकी थिईन् । उनले आर्थिक वर्ष २०७८÷०७९ मा पूँजी तथा दायित्वतर्फ २९ करोड ४० लाख ३६ हजार ३१५ रुपैया र सम्पत्ति तथा जायजेथा तर्फ पनि २९ करोड ४० लाख ३६ हजार ३१५ रुपैया रहेको बताईन्
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले सस्थाले अब व्याजदरलाई सम्भव भएसम्म कम गर्दै सदस्यहरुको हितमा काम गर्नुपर्ने बताए । संस्थाका संस्थापक एवं संरक्षक समेत रहेका उनले यो संस्थाले ब्याज दरमा नभई विश्वसनियता एवं सदस्यहरु प्रतिको जवाफदेहितामा प्रतिस्पर्धा गर्ने उल्लेख गरे ।
सेयर सदस्यहरुलाई अपनत्व महशुस गरमउने गरी काम गर्न संस्थाका कर्मचारीहरुलाई घिमिरेले निर्देशन दिए । उनले सदस्यहरुलाई नियमित बचतको बानी बसाल्न र ऋण तिर्ने अभ्यास गर्न आग्रह गरे । आम्दानी भन्दा खर्च धेरै, आर्थिक हिनामिना, ऋण समयमा नउठ्नु संस्था डुब्नुको मुख्य कारक रहेको बताउँदै उनले त्यसतर्फ सचेत हुनुपर्ने सुझाव दिए । साधारण सभामा संस्थाका असल बृद्ध,बृद्धा आसल बचतकर्ता असल ऋणी लगायतलाई सम्मान गरीएको थियो





































