फागुनभित्र मोटरसाइकलको कर तथा नवीकरणमा जरिवाना छुट

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
मोटरसाइकल तथा स्कुटरको कर तथा नविकरण दस्तुर यहिफागुन महिनाभित्र भुक्तानी गरे ५ वर्षसम्मको जरिवाना छुट हुने भएको छ ।

आइतबार यातायात व्यवस्था कार्यालयले एक सूचना निकाली जानकारी दिएको हो ।
आर्थिक वर्ष २०७०र७१ देखि २०७५र७६ सम्म नवीकरण भुक्तानी नगरेका सवारी धनीलाई २०७९ फागुन मसान्तभित्र कर बुझाएमा प्रदेश सवारी ऐन अनुसार जरिवान छुटको व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

साथै आफ्नो सवारीसाधनहरुको कर नविकरण तथा जरिवाना भुक्तानी गर्न यातायात व्यवस्था कार्यालयले अनुरोध पनि गरेको छ ।

कार्यालयका अनुसार अविलम्ब कर भुक्तानी गरेका सवारीधनीहरुले ट्राफिक कारवाहीमा परी नियन्त्रणमा रहेका सवारीसाधनहरुलाई पनि जरिवाना छुटको व्यवस्था रहेको जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...