आज्ञा खबर
धनुषा
धनुषा प्रहरीले जनकपुरबाट एकजना मिटरब्याजीलाई हतियारसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय दिलिप साह रहेका छन।
साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको आधारमा उनलाई पक्राउ गरीएको बताईएको छ ।
उनको घरबाट कपाली तमसुकहरू, जग्गा धनी पुर्जाहरु, खाली चेक लगायतका अन्य कागजातहरू र कटुवा पेस्तोल एक थान, ३०३ राइफलमा लाग्ने गोली चार थान, म्यागनममा लाग्ने गोली एक थान र म्यागनमको खोका एक थान बरामद गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।





































