आज्ञा खबर
धनुषा
धनुषा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको नगराइन नगरपालिका–७ बस्ने २२ वर्षीय दिलसाद नदाफ, २२ वर्षीय भरोसी यादव, २१ वर्षीय ईसराइन नदाफ र जनकपुरधाम –४ बस्ने ३२ वर्षीय दीपककुमार पूर्वे रहेका छन।
प्रहरीले जनकपुरको पिडारी चोकमा उनिहरुको साथबाट ४९३ बोतल एक्सीप्लाइन नामक लागूऔषध सहित पक्राउ गरेको हो ।
जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ स ०३५६ नम्बरको अटोलाई जाँच गर्दा जुटको बोराभित्र १० वटा कार्टुनमा लुकाइएको अवस्थामा सो मात्रामा लागूऔषधका बोतल भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी निरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





































