खुकुरी प्रहारबाट एक वृद्धको हत्या

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं‌:सिन्धुपाल्चोकमा एक जनामाथि खुकुरी प्रहार गरी हत्या भएको छ।

हत्या आरोपमा एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए।

पाँचपोखरी थाङपाल गाउँपालिका-६ धाप बस्ने ७४ वर्षीय मुक्तिनाथ पौडेलको हत्या भएको हो। उनीमाथि गत शनिबार खुकुरी प्रहार भएको थियो। सोही ठाउँका छिमेकी ३० वर्षीय राजाराम रायमाझीले उनीसहित तीन जनामाथि खुकुरी प्रहार गरेका थिए। सोही ठाउँका इश्वरी पौडेल र गंगा पौडेल घाइते छन्। खुकुरी प्रहारपछि गम्भीर घाइते भएका मुक्तिनाथको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। उनको काठमाडौंस्थित अन्नपूर्ण अस्पतालमा उपचार हुँदै थियो।

प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा रायमाझीलाई पक्राउ गरेको छ।

‘रायमाझीले मापसे गर्ने गरेको देखियो। त्यसकारण मापसे गरी नआइज भनेका कारणले रिसमा हत्या गरेको देखिन्छ,’ उनले भने।

उनलाई प्रहरीले इलाका प्रहरी कार्यालय मेलम्चीमा राखिएको छ।
थप अनुसन्‍धान भइरहेको प्रहरीले जनाएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...