सप्तरी प्रहरीद्वारा ८ सय १० किलो गाँजा बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
सप्तरी
जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार पत्रकार सम्मेलन गरीे ८ सय १० किलो तयारी अवस्थाको गाँजा बरामद गरेको जनाएको छ ।
जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१ नेपाल भारत सीमा नजिकै कोशी ब्यारेजको गोल घरदेखि ५ सय मिटर उत्तर पूर्व कोशी भंगालको पूर्व टापुको एकान्त ठाउँमा बालुवामा खाल्टोमा पुरेर राखिएको अवस्थामा गाँजा बरामद बरामद गरिएको सप्तरीका प्रहरी प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए । घटनाको बिषयमा थप अनुसन्धान भईरहेको उनले बताए

 

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...