आज्ञा खबर
राजविराज २ की गृहिणी सल्मा खातुन नाम परिर्वतन को मोवाइलमा २५ लाख रुपैया जितेको सन्देश हिन्दी भाषामा आएको छ।
उनले कतैबाट पनि अहिले सम्म अरुलाई यसरीनै मोबाईलमा सन्देश आएर ठगी भएको जानकारी पाएकी थिइनन्। त्यसैले उनि प्रलोभनमा परिन । अरुलाई पनि यस्तै चिठ्ठा परेको र उनीहरुले रकम बुझिसकेको भन्दै फोन गर्ने त्यस्ता रकम बुझिलिएका भनिएका केही व्यक्तिहरुको भिडियो नै तयार गरी उनको इमो र म्यासेन्जरमा पठाएपछि उनी झन विश्वासमा परिन । साँच्चै आफूलाई पनि परेको रहेछ भनेर खातुन सपना बुन्न थालिन । दोश्रो दिन ९८२०३७७३२२ नम्बरको मोवाईलबाट चिट्ठा राशि पाउन ५ हजार रकम पठाउनुपर्ने सूचना आयो । उनलाई विराटनगर स्थित ग्लोबल आइएमइ बैंकमा मिन कुमार राईको नाममा रहेको खाता नम्बर २२३०७०१००५५७४५ मा उक्त रकम जम्मा गर्न भनियो । २५ लाख रुपैया पाउने प्रलोभनमा परेकी उनी तत्कालै रकमको जोगारगरी उक्त खातामा पठाइदिइन् । रकम जम्मा गरेको एक घण्टा भित्रै २५ लाख पठाइदिने सन्देश पठाउने र फोन गर्ने व्यक्ति भने त्यसपछि गायब भए । खातुनले भनिन् “ एक घण्टा भित्रै तपाईको खातामा २५ लाख रुपैया पठाइदिन्छु भन्ने सन्देश पठाउने र फोन गर्ने व्यक्ति पाँचदिन वितिसक्दा पनि रकम पठाएनन् र गायब भए ।
” बल्ल आफू ठगिएको उनले चाल पाएपछि बुधबार संचारकर्मीहरु सित नाम छापिदिन आग्रहका साथ उक्त गुनासो पोखेकी छन । उनले चिठठा रकम पाउन बैंकमा रकमदा ्खीला गरेको भौचर पनि देखाउँदै भनिन–म त ठगिए अरुलाई यस्तो नपरोस । चिठठा परेको भन्दै सर्वसाधारणलाई ठगी गरेको यो पहिलो घटना होइन । विभिन्न ्कम्पनीको लक्की ड्र र मोबाईलको लक्की ड्र जस्ता विभिन्न बहानामा सर्वसाधारणलाई झुक्याएर यस अघि पनि ठगीका दर्जनौ घटना भएका छन । मोवाईल सन्देश पठाएर ठग्ने पछिल्लो समूहले राजविराजमा ५ दर्जन भन्दा बढी मानिसलाई यसरी नै ठगी गरिसकेका छन । ् तर अझै सचेत नहुँदा यस्तो ठगी धन्दाबाट पीडित हुनेको संख्या बढदै गएको ् छ । डिएसपी नरेश कुमार सिंहले यस्तो ठगीका उजुरीहरु आउने क्रम बढेको भन्दै सर्वसाधारण आपैm पनि सचेत हुनु जरुरी रहेको बताउँछन । ् “मलाई समेत विदेशी नम्बरबाट एक जना अपरिचितले तपाईलाई १० लाख रुपैयाको चिठ्ठा परेको भन्दै मोवाईलमा सन्देश पठाएर पुरस्कार राशि लिन १० प्रतिशतले हुन आउने रकम एक बैंक र खाताको नाम टिपाइ तत्काल जम्मा गर्न भनेका थिए । डिएसपी सिंहले भने तर म प्रलोभनमा फसिन । उनले आफूलाई विदेशबाट फोन गर्ने व्यक्तिलाई तत्कालै थर्काएर सचेत गराएको बताए । उनले यस्तो ठगी धन्दामा अन्तर्राष्ट्रियस्तर मै एउटा गिरोह सक्रिय भएको तथा विदेशी भूमिबाट यस्तो गतिविधि संचालन गर्ने गरेकाले पक्राउ गर्न नेपाल प्रहरीका लागि चुनौती बनेको बताए । तथापि नेपाली भूमिबाट गरिने यस्ता ठगी धन्दालाई रोक्न प्रहरीले पीडितलाई आवश्यक सहयोग गर्ने उनको भनाइ छ । उनले नेपाली भूमिमा नेपालीबाटै ठगिएका त्यस्ता पीडितहरुलाई प्रहरीसंग सम्पर्क गर्न अनुरोध गरेका छन् ।





































