सर्लाहीमा गोली लागेका सशस्त्र प्रहरीका जवान काठमाडौँ रिफर

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
सर्लाहीको रामनगर गाउँपालिका–७, मा शुक्रवार गोली लागेर घाइते भएका सशस्त्र प्रहरीका जवानलाई थप उपचारको लागि काठमाडौँ रिफर गरिएको छ ।

घाइते सशस्त्र प्रहरी जवान ३२ वर्षीय सुरेश साहलाई थप उपचारका लागि टिचिङ अस्पताल महाराजगन्ज, काठमाडौँ पुर्याइएको हो।

प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पश्चात शनिबार बिहान उनलाई काठमाण्डौं पुर्याइएको प्रहरीले जनाएको छ । काभ्रेमा कार्यरत साह बिदामा घर आएका थिए । शुक्रबार साँझ अरु ३ जना साथीसँगै बसेर खाजा खाएपछि होटलबाट बाहिर निस्कने क्रममा साहमाथि गोली प्रहार भएको थियो ।

सो घटनामा संलग्न सुरेशकै मामाका छोरा धनकौल गाउँपालिकाको धोबिनियाँ टोलका रामप्रवेश साहलाई प्रहरीले नियन्त्रणमा लिएको सर्लाहीका एसपी प्रवीण पोखरेलले जनएका छन। घटनाका आरोपि दुईजना फरार भएका छन् ।
गोली लेनदेनको विवादका कारण चलेको बुझिए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...