२१ लाख बढीको सामग्री वीरगन्जको गोदामबाट बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा

वीरगन्ज महानगरपालिका– ११ रानीघाटस्थित घरमा गोदाम बनाएर तस्करहरूले भारतबाट तस्करी गरेर भण्डारण गरी राखेका २१ लाखभन्दा बढी मूल्यको चामल, मैदा लगायतका खाद्यान्न सामान सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको संयुक्त टोलीले बिहीबार बेलुकी चारवटा गोदममा छापा मारेर बरामद गरेको छ।

प्रहरीले रानीघाटमा श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र विनोद कुमार साहको अनाधिकृत रूपमा गोदाममा लुकाएर राखिएका २८१ क्वीन्टल चामल, १० क्वीन्टल मैदा, २ कार्टुन सर्जिकल मेडिकल सामग्री, ९ कार्टुन हार्पिक, २ कार्टुन ह्याण्डवास र २ कार्टुन स्प्रे गरी २१ लाख १६ हजार ४ सय रुपैयाँ मुल्यका सामान बरामद गरिको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

बरामद सामग्रीहरू आवश्यक कारवाहीका लागि शुक्रबार दिउँसो वीरगन्ज भन्सार कार्यालयमा पठाइएको बताईएको छ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...