गौतम प्यानल बिजयी भए ब्यबसायीहरुमाथी पर्नसक्ने प्राकृतिक तथा मानब जन्य बिपद तत्काल सम्बोधन गर्न ११ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषण

[sharethis-inline-buttons]

आज्ञा खबर
बर्दिवास
आगामी पुस ५ गत्ते महोत्तरीको बर्दिवास नगरपालिकामा हुन गईरहेको बर्दिवास उद्योग बाणिज्य संघको निर्वाचनका अध्यक्ष पदका उमेदवार कृष्ण प्रसाद गौतम सहित उनको प्यानलले आफ्नो प्रतिबद्धतापत्र सार्बजनिक गरेको छ।
बर्र्दिवास स्थित सिन्धुली चोकमा रहेको बर्दिवास उद्योग बाणिज्य संघ गौतम प्यानलका स्वतन्त्र उमेदवारको कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतिबद्धतापत्र सार्बजनिक गरेको हो। प्रतिबद्धतापत्रमा गौतम प्यानल बिजयी भए ब्यबसायीहरुमाथी पर्नसक्ने प्राकृतिक तथा मानब जन्य बिपद तत्काल सम्बोधन गर्न ११ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषण गरीएको छ।
त्यसैगरी बर्दिवासको ब्यपारीको सेवा सुबिधालाई सर्व सुलभ बनाउन घरेलु तथा साना उद्योग कार्यालयका शाखा बर्दिवासमा ल्याउन पहल गरीने समेत सार्बजनिक गरीएको छ।
ब्यवसायीहरुको औषधि उपचारकोलागि यस क्षेत्रको निजी अस्पतालमा २० प्रतिशत छुट दिलाईने तथा बर्दिवासको बजार एबं ब्यवसायीको सुरक्षाको लागि बजार क्षेत्रमा सि सि क्यामेरा जडान तथा मर्मत सम्भार गरीने कुरा पनी प्रतिबद्धतापत्रमा उल्लेख गरीएको छ।

घरभाडालाई सहज र सुलभ बनाउन ब्यपारी र घर धनी बिच समन्वयनको लागि पहल गरीने र बर्दिवास क्षेत्रमा भएको अब्यवस्थित पार्किङ्ग जेब्रा क्रसिङ्गलाई ब्यवस्थित गरी शहरको सौन्दर्यकरणमा जोड दिने ब्यवसायीहरुलाई आस्वत पारीएको छ।
ब्यपार ब्यवसायमा देखिएका कर प्रणाली चर्को ब्याजको अन्तय गर्न बितिय संघ सस्थाहरुसंग सहकार्य तथा दबाबमुलक कार्यक्रम अघि बढाईनुका साथै ब्यवसायीहरुको क्षमता अभिबृद्धि गर्न तालिम सेमिनार गोष्टि भ्रमणको आयोजना गर्दै बर्दिवास क्षेत्रको पर्यटन प्रवर्धमा जोड दिईने समेत पतिबद्धता पत्रमा भनिएको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...