आज्ञा खबर
सप्तरी
सप्तरीमा गाईलाई काटेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
जिल्लाको महादेवा गाउँपालिका ४ बलियाको मुस्लिम टोलमा स्थानीय ६५ वर्षीय सकुर मियाको ३५ वर्षीय छोरा मो. ईलियासले करिब ८ महिनाको गाईको बाछीको काटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
ईलियासले आफ्नै घरको आंगनमा रातो खैरो रङको गाईको बाछीलाई काटी मारेको सूचना प्रहरीमा गएपछि ईलाका प्रहरी कार्यालय कंचनपुर र प्रहरी चौकी डिमनबाट खटेको प्रहरी टोलीले मियाँको घरबाट करिब ५ –६ के.जी मासु र चार वटा खुट्टा बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।





































