आज्ञा खबर
काठमांडौ
नेपाल प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागअन्तर्गतको भर्ना छनौट शाखाल मंसिर ४ मा हुन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
म्यादी प्रहरीमा भर्ना हुन इच्छुक योग्यता पुगेका नेपाली नागरिकले स्वयं उपस्थित भइ यही भदौ ३० गतेदेखि असोज ६ गतेसम्म तोकिएको स्थानमा दरखास्त दिन सक्ने नेपाल प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ।
दरखास्त फारम ७७ वटै जिल्ला प्रहरी कार्यालयमा बुझाउन सकिने छ।
निर्वाचनमा खटिने म्यादी प्रहरीको अवधि ४० दिनको रहनेसुचनामा उल्लेख छ।





































