भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नेपाल भलिबल संघ (एनभीए) को बिहीवार बिहान आएको नतिजा अनुसार जितेन्द्रबहादुर चन्द अध्यक्ष पद सहित उनका प्यानल निर्वाचित भएका छन् । चन्दले अध्यक्ष पदका अर्का प्रत्यासी निरोज मास्केलाई पराजित गरेका हुन ।

पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरिन । निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो ।

यस्तै, महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याए । उनका प्रतिद्वन्द्वी मनवीर छन्त्यालले ३९ मत पाए ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...