म्यादी प्रहरी भर्नामा स्थानीय चुनावमा खटिएकालाई प्राथमिकता

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
भदौ ३० गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकालागी भर्ना खुल्ने भएको हो ।
निर्वाचनको सुरक्षाका लागि १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलाइने गृह मन्त्रालयले जनएको छ ।

प्रहरी प्रधान कार्यालयले भदौ २६ मा म्यादी प्रहरी भर्नासम्बन्धी सूचना प्रकाशन गर्नेछ ।

भर्ना प्रक्रियाका लागि म्यादी प्रहरी छनोट मापदण्ड गृह मन्त्रालयले स्वीकृत गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए ।
भर्ना प्रक्रिया भदौ ३० देखि असोज ६ हुने बताईएको छ।
छनोट प्रक्रियामा स्थानीय निर्वाचनमा खटिएका म्यादी प्रहरीलाई प्राथमिकता दिइने प्रवक्ता राईले बताए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...