बारामा उद्योग लुट्न गएका डाँका र प्रहरीबीच भिडन्त, एकप्रहरी घाइते

[sharethis-inline-buttons]

आज्ञा खबर
बारा
बाराको एक उद्योगमा गएराती‘मध्यरातमा डाँका लुटपाट गर्न गएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न गएका डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीले घटनास्थलबाट २ जना डाकालाई नियन्त्रणमा लिनुका साथै घरेलु बन्दुक तथा ३ थान कटुवा पेस्तोल एक÷एक थान र तीन राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
मध्यरातमा १२÷१५ जनाको संख्यामा डाँका समूह लुटपाट गर्न उद्योग पसेका थिए । डाँका समूह उद्योगमा प्रवेश गरेको सूचना आएपछि प्रहरी टोली लगत्तै त्यसतर्फ खटिएको थियो । यसैगरी डाँका समूहका एक जनाले फलामको रडले वरिष्ठ सई शाहीको टाउकोमा प्रहार गरेर उनी घाइते भएको प्रहरीले जनाएको छ । शाहीको वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचार भइरहेको बताईएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...