मिटर ब्याज पीडितहरूले आज बालुवाटारमा मार्चपास गर्ने

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं:मिटर ब्याज पीडितहरूले आज बालुवाटारमा मार्चपास गर्ने भएका छन् ।

मिटर ब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समितिले बालुवाटारमा मार्चपास गर्न लागेको हो ।

संघर्ष समितिका अध्यक्ष राम सुरत गुप्ताले दिउँसो दुई बजे २ बजे माइतीघरमा जम्मा भएर बालुवाटार जाने कार्यक्रम रहेकोले सहभागी हुने सरोकारवालालाई अपिल गरेका छन् ।

दृष्टिबन्धकलगायत अन्य तमसुक अवैध घोषणा गरेर किसानलाई क्षतिपूर्ति दिनुपर्ने माग संघर्ष समितिको छ ।

मिटर ब्याजको समस्या देशभैर फेलिएपछि केही समयअघि सरकारले सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिसकेको छ ।

तर, कार्यदलमा पीडित पक्ष सहभागी नबनाएकोले भरोसा गर्न नसकिएको संघर्ष समितिको भनाइ छ ।

पछिल्लो समय मिटर ब्याजी पीडितहरू काठमाडौं केन्द्रित भएर आन्दोलन गरिरहेका छन् ।

उनीहरूले पीडकलाई धरौटीमा छोड्ने सिलसिला रोकिनु पर्ने, ऋणभन्दा धेरै रकम तिरेका पीडितलाई ऋणमुक्त गर्नु पर्ने, बन्धक बनाइएका जमिन फुकुवा गर्नुपर्ने र साहुको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...