आज्ञा खबर
पर्सा
बसबाट प्रहरीले प्रतिबन्धित लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेकोे प्रदेश २–०३–००१ ख ३६२३ नम्बरको रोयल सिंघम बसका सहचालक सिन्धुली कालापानी गाउँपालिका–१ का २४ वर्षीय पूर्णप्रसाद दाहाल लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेकोे बसलाई रोकेर चेकजाँच गर्दा बसको पछाडि तर्फको डिक्कीमा सेतो प्लाष्टिकको झोलाभित्र पत्रिकाले बेरेर टेप लगाएको अवस्थामा प्रतिबन्धित लागुऔषध २०६० थान बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट उनलाई आइतबार साँझ पक्राउ गरेको थियो ।
प्रहरीले झोलाबाट डाइजेपाम र फेनारगन ५८८–५८८ र नुफिर्न ५८७ एम्पुल तथा नाइट्राभेट–१० लेखिएको ट्याबलेट ३०० थान फेला परेको थियो ।
पक्राउ परेका दाहाललाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ ।
उनीविरुद्ध लागुऔषध सम्बन्धि कसूरमा बारा जिल्ला अदालतमा मुद्दा दर्ता गरि ७ को म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।





































