आज्ञा खबर
रौतहट
चोरीको मोटरसाइकलसहित रौथहटबाट शनिबार एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा गढीमाई नगरपालिका ९ बस्ने २२ वर्षीय होसनारायण यादव रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले जानकारी दिए।
जिल्लाको गरुडा नगरपालिका ४ पानी ट्याङ्की सडकमा यादवले चलाउँदै गरेको प्र.३–०२–१३ प. ३०९९ नम्बरको २२० सिसीको पल्सर मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
यादवमाथि चोरी कसुर मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद थपभई आवश्यक अनुसन्धान भइरहेको बताइएको छ।





































