जनकपुरधामबाट लाखौँ मूल्य बराबरको प्रतिबन्धित औषधिसहित एकजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
धनुषा
प्रतिबन्धित औषधिसहित जनकपुरधामबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको नगराईन नगरपालिका ३ बैरी फुलगमाका २० वर्षीय पंकज साह रहेकोे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अवैध औषधि ओसारपसार गरीरहेको सुचनाको अधारमा खटेको प्रहरी टोलीले जनकपुरधाम ७ जिरोमाईलबाट ४ हजार ५३० पिस ट्याब्लेटसहित साहलाई पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

प्रहरीले साहको साथबाट १ लाख २० हजार ८७६ बराबरको औषधि बरामद गरिएको र आवश्यक कारवाहीका लागि औषधि व्यवस्था विभाग विरगंज पर्सामा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...