मङ्सिर ४ गते एकै चरणमा चुनाव गर्ने सरकारको निर्णय

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाण्डौ – सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।

सत्ता गठबन्धनको हिजो बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चरकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभाको कार्यकालको विषयमा अहिले सरकारमा छलफल भइरहेको र प्रतिनिधि सभाका सदस्य, सभामुख, उपसभामुखले चुनावका निम्ति निर्वाचन आयोगमा गएर आफ्नो उम्मेदवारीको मनोनयन गरेपछि स्वतः प्रतिनिधि सभाको कार्यकाल समाप्त हुने बताउनुभयो ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...