काठमाडौं उपत्यकामा एकैदिन २२ सय ८२ जना सवारी चालकमाथि कारवाही

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं:। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २८२ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ८८ जना, लेन अनुशासन पालना नगर्ने ६२ जना, रेड लाइटमा सवारी साधन चलाउने ८५ जना रहेका छन् ।

यस्तै, नम्बर प्लेट नदेखिने गरी राख्ने ३८ जनालाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । अन्य कारवाहीमा पर्ने २ हजार ९ जना सवारी चालक रहेका छन् । साभार :जनतापाटी

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...