बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी

चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीको सैनामैना नगरपालिका–२ सरौली संगमचोक बस्ने ४९ वर्षीय खेम प्रसाद भुसाल पक्राउ परेका छन् ।

भुसाललाई गएराति संगमचोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । भुसालले ती बालिकालाई आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...