आज्ञा खबर
काठमाडौं: पर्साको वीरगञ्जबाट मंगलबार राति स्रोत नखुलेको २० लाख रूपैयाँसहित २ जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालयले वीरगञ्ज महानगरपालिका(१६ रजतजयन्ती चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको मोतिहारीका २८ संजितकुमार र २८ वर्षीय अनुराज मिश्र छन् ।
बीआरओएसयू ३५०० नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई जाँच गर्दा रकम बरामद भएको प्रहरीले जनाएको छ।





































