आज्ञा खबर
काठमाडौं: आज राति सुदूरपश्चिम तथा तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
दिउँसोको समयमा भने देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको अनुमान छ। देशको पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बाग्मती तथा कर्णाली प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।





































