कान्छा सगरमाथा आरोही तामाङलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने सरकारको निर्णय

[sharethis-inline-buttons]

आज्ञा खबर

काठमाडौं । हिजो निधन भएका कान्छा सगरमाथा आरोही शम्भु तामाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने सरकारले निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

दुई महिनादेखि क्यान्सर रोगबाट पीडित तामाङको हिजो बिहान क्यान्सर हस्पिटल ललितपुरमा निधन भएको थियो ।

सिन्धुपाल्चोक घर भएका तामाङले २०७३ मे ५ तारिखका दिन १८ वर्षकै उमेरमा सगरमाथा आरोहण गरी गिनिजबुकमा नाम लेख्न सफल भएका थिए ।

यसअघि मन्त्रिपरिषद बैठकले उनको उपचारमा सहयोग गर्ने निर्णय गरेको थियो ।

हिजो निधन भएपछि राष्ट्रिय सम्मान दिने निर्णय गरिएको हो । तामाङको अन्त्येष्टि सोमबार हुनेछ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...