जमुना पोखरेलको नयाँ तिजको गिती एल्वम तिज आयो नामको म्यूजिक भिडियो सार्वजनिक

[sharethis-inline-buttons]

सृष्टि क्षेत्री
बर्दिवास
सामाजिक क्षेत्र संगै कलाकारिता पेशामा समेत आफनो छुट्टै पहिचान बनाउन सफल रहेकी महोत्तरीको बर्दिवास १ निवासी जमुना पोखरेलको नयाँ तिजको गिती एल्वम तिज आयो नामको म्यूजिक भिडियो सार्वजनिक भएको छ।
यस अघि नजाउ चेलि खाड्मिा गित बजारमा लिएर तिज हंगामा मच्चाएको पोखरेलको यो वर्षको तिज आयो भन्ने
गित आएको केहि समयमै श्रोता दर्शकको रोजाईको पोल्टामा परिसकेको छ।

निकै नै मिठा शब्द कोर्न सिपालु तथा स्वरकी धनी पोखरेलको गित जस्तै भिडीयो पनि निकै उत्कृष्ट बनेको छ । रोहित भट्टराइको निर्देशनमा बनेको म्युजिक भिडियोमा सगिंत हरीशरन श्यामिको रहेको छ भने गितका निर्माता रमेश पोखरेल रहेका छन।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...