आज्ञा सम्वाददाता
उदयपुर
उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित ऊर्जा पेट्रोल पम्पको काउन्टरबाट नगद चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउ बस्ने ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनीष सिलवाल छन् ।
उनिहरुले काउन्टरको ताला फुटाई नगद पाँच लाख ६१ हजार रुपैयाँ चोरी गरी फरार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूको साथबाट नगद ५० हजार ७ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ





































