ललितपुर प्रहरीले पेस्तोल दुई राउन्ड गोलीसहित एक जनालाई पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं : ललितपुर प्रहरीले पेस्तोल र त्यसमा लाग्ने दुई राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका( ८ लुभु बस्ने ५३ वर्षीय श्यामकृष्ण श्रेष्ठ रहेका छन् ।

श्रेष्ठ प्रदेश ३(०२(०१२ प ६२४१ नम्बरको स्कुटीमा इमाडोलबाट लुभु गइरहेका थिए । शंका लागेर खानतलासी गर्दा स्कुटीको डिकीमा हतियार र गोली भेटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...