निहारिकालाई करिश्माको आग्रह- ‘बच्चा लिएर घर आऊ, म छु’

[sharethis-inline-buttons]

काठमाण्डौँ-

अभिनेत्री करिश्मा मानन्धरले काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा अनशनरत जलेश्वर नगरपालिका–८ की निहारिका राजपुत र उनको छोरालाई आफूसँग राख्ने इच्छा व्यक्त गरेकी छन् । आफूलाई नशालु पदार्थ खुवाएर बलात्कार गर्ने जनकपुरका शिवराज श्रेष्ठलाई कारवाहीको माग गर्दै चार दिनदेखि अनशनरत निहारिकालाई छोरा लिएर आफ्नो घरमा आउन करिश्माको आग्रह छ ।

उनले फेसबुकमा लेखेकी छन्, ‘मेरो भाई बिनोदजीको म्यानेजर कमल चौधरीले सहयोग गर्नुभयो तिमीसम्म पुग्न । मेरो एउटा छोरी थियो, तिमी भयो भने दुईटा हुन्छ । बच्चा लिएर घर आऊ । म छु ।’ करिश्माले निहारिका र उनको २१ महिना बच्चालाई आफ्नो घरमा ल्याउनका लागि सहजीकरण गरिदिन नेकपा एमालेका सांसद गंगा चौधरी र विमला विकलाई आग्रह गरेको बुझिएको छ ।

निहारिकाले घटना भएको चार महिनापछि शिवराज श्रेष्ठविरुद्व जबरजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन् । तर, जिल्ला अदालत धनुषाले श्रेष्ठलाई क्लिनचीट दियो । यसपछि सरकारी वकिलले जनकपुर उच्च अदालतमा मुद्दा पुनरावेदन गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । बच्चाको डिएनए परीक्षण, बच्चाको लालनपालनसहित पाँचबुँदे माग राख्दै निहारिका अनशन बसेकी हुन् ।फिल्मी खबर

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...