आज्ञा खबर
काठमांडौ
स्थानिय तह निर्वाचन अघि स्थगन गरिएको मतदाता नामावली दर्ता निर्वाचन आयोगले आजदेखि शुरु गर्नैभएको छ। आयोगले सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने जनाएको छ। आयोगले अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने जनाएको छ।
साथै यो समयमा मतदाता नामावाली विवरणमा भएका त्रुटि सच्याउन, मृत्यु भएकाहरुको नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदान स्थल परिवर्तन गर्न र दोहोरो परेको नाम हटाउन सकिनेछ।
यस्तै गरी आयोगले वितरण गरेको मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा कुनै कारणवस नाम छुटेकाले पनि नाम लेखाउन सकिने आयोगले स्पष्ट परेको छ।





































